२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआजदेखि १४ असोजसम्म पहिलो डोज भेरोसेल खोप दिइदैं, कुन जिल्लामा कति वर्षकालाई ?

आजदेखि १४ असोजसम्म पहिलो डोज भेरोसेल खोप दिइदैं, कुन जिल्लामा कति वर्षकालाई ?


काठमाडौं-सरकारले कोभिड-१९ विरुद्धको खोपको पहिलो डोज दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारदेखि जिल्लाअनुसार चार उमेर समूहलाई खोप दिदैंछ ।

चीनबाट ४० लाख डोज भेरोसेल खोप आएसँगै सरकारले खोप अभियानलाई अगाडि बढाएको हो । जसअनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलाजस्ता हिमाली जिल्लामा १८ वर्षमाथिका खोप लगाउन बाँकी सबैलाई खोप दिइनेछ ।

यस्तै, काभ्रे र चितवनमा ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै र १८ वर्षमाथिका खोप लगाउन बाँकी विद्यार्थीहरुलाई खोप लगाइनेछ । काठमाडौं, ललितपुर, भक्तपपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीहरुलाई भेरोसेल खोपको पहिलो डोज लगाइनेछ ।

यसैगरी, अन्य ५८ जिल्लाहरुमा मनाङ, मुस्ताङ, रुकुमपूर्वबाहेकका ५५ जिल्लामा ४५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीहरुलाई खोप दिइनेछ ।

यस्तै, यसअघि छुटेका अग्रपंक्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिहरुलाई समेत खोप दिइनेछ ।

पहिलो चरणको खोप १४ असोजसम्म दिइने मन्त्रालयले जनाएको छ । यसको दोस्रो मात्रा भने ४ देखि १४ कात्तिकसम्म लगाइनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ