२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप १०९५ जनामा कोभिड-१९ संक्रमण, २९५७ जना निको भए

नेपालमा थप १०९५ जनामा कोभिड-१९ संक्रमण, २९५७ जना निको भए


काठमाडौं—नेपालमा थप १ हजार ९५ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ हजार ९५ जना नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ७ लाख ८५ हजार ५ सय ४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५७ जनाले कोभिड-१९ संक्रमण जितेका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ को संक्रमण जित्नेको संख्या ७ लाख ५२ हजार १ सय ७० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।

नेपालमा अहिले २२ हजार ३ सय २३ सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ