२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड र निपाह भाइरसबाट जोगिएर चाडपर्व मनाऔं : स्वास्थ्य राज्यमन्त्री

कोभिड र निपाह भाइरसबाट जोगिएर चाडपर्व मनाऔं : स्वास्थ्य राज्यमन्त्री


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड र निपाह भाइरसबाट जोगिएर चाडपर्व मनाउन आग्रह गरेका छन्  । मंगलबार उनले चाडपर्व नजिकदै गएकाले स्वास्थ्य मापदण्डको पालना गरेर मात्रै मनाउन आग्रह गरेका हुन् ।

राज्यमन्त्री श्रेष्ठले ट्वीटरमार्फत आवागमनमा समेत विशेष सतर्कता अपनाउन भनेका छन् । ‘कोभिड-१९संक्रमितको संख्या केही कम भएको हो, यद्दपी संक्रमणदर दोहोर अंक नजिकै छ, ‘उनले लेखेका छन्,’निपाहा भाइरससँग जोगिन पनि कोभिड-१९कै जस्तो स्वास्थ्य मापदण्ड अनुशासित ढंगले पालना गरौँ ।’

चाडपर्वहरू नजिकिदैं छन् । आवागमनमा विशेष सतर्कता अपनाउनुहोला। स्वास्थ्य मापदण्डको पालना जारी राखौं। कोभिड-१९का नयाँ संक्रमितहरूको संख्या केही कम भएको हो, यद्यपि संक्रमणदर दोहोरो अंक नजिक नै छ। निपाह भाइरससँग जोगिन पनि कोभिड-१९कै जस्तो स्वास्थ्य मापदण्ड अनुशासित ढङ्गले पालना गरौं।

— Umesh Shrestha (@MohpStateMin) September 21, 2021

यसअघि स्वास्थ्य मन्त्रालयले छिमेकी देश भारतमा निपाह भाइरसको संक्रमण देखिएपछि सतर्कता अपनाउन आग्रह गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ