२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा १३३० नयाँ कोभिड-१९ संक्रमित थपिए, १८३० जना संक्रमणमुक्त

नेपालमा १३३० नयाँ कोभिड-१९ संक्रमित थपिए, १८३० जना संक्रमणमुक्त


काठमाडौं-नेपालमा थप १ हजार ३ सय ३० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ३० जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमित हुनेको संख्या ७ लाख ८६ हजार ५ सय ७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय ३० जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ५४ हजार पुगेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ ।

नेपालमा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय २४ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ