२०८० मंसीर २४, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि शिक्षण अस्पतालमा छैटौं कलेजो प्रत्यारोपण, ३६ वर्षीय श्रीमानलाई श्रीमतीले दिइन कलेजो

त्रिवि शिक्षण अस्पतालमा छैटौं कलेजो प्रत्यारोपण, ३६ वर्षीय श्रीमानलाई श्रीमतीले दिइन कलेजो


काठमाडौं-त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छैटौं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शुक्रबार छैटौ कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न गरेको हो ।

काठमाडौंका ३६ वर्षीय पुरुषलाई कलेजो प्रत्यारोपण गरिएको हो । उनलाई ३१ वर्षीया श्रीमतीले कलेजो दिएकी हुन् ।

डा. भण्डारीकाअनुसार शुक्रबार दिउँसो दुई बजेदेखि सुरु गरिएको प्रत्यारोपण राति ११ बजे सकिएको थियो । ‘अहिले बिरामी आईसीयुमा छन्, स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने ।

त्रिवि शिक्षणको डाक्टर भण्डारीसहितको टिमलाई भारतको फोर्टिस अस्पतालबाट आएको डा. विवेकसहितको टिमले सहयोग गरेको थियो ।

यसअघि डा. भण्डारीकै नेतृत्वमा त्रिवि शिक्षण अस्पतालमा पाँच वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ