२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारखाली तीन १२ औं तहकाे बढुवा प्रक्रिया सुरू, यी हुन् याेग्यता पुगेका ५८ स्वास्थ्यका अधिकारी (सूचीसहित)

खाली तीन १२ औं तहकाे बढुवा प्रक्रिया सुरू, यी हुन् याेग्यता पुगेका ५८ स्वास्थ्यका अधिकारी (सूचीसहित)


काठमाडाै- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत १२ औं तहको प्रमुख विशेषज्ञ पदमा बढुवाका लागि प्रक्रिया सुरु भएको छ ।मन्त्रालयमा रिक्त ३ पदका लागि बढुवा समितिले १५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।

दुई महिनादेखि खाली रहेका २ पद र वीर अस्पतालको नयाँ थप दरबन्दीअनुसार १ जना गरी तीन जनाको ११ औं तहमा ५ वर्ष काम गरेका अधिकारीहरु १२ औं तहमा बढुवा हुनेछन् ।

छनौट समितिमा लोकसेवा आयोगका अध्यक्ष वा निजले तोकेको सदस्य अध्यक्ष, योजना आयोगको स्वास्थ्य हेर्ने सदस्य र स्वास्थ्य सचिव सदस्य सचिव रहने व्यवस्था रहेको छ । सो समितिको ८ भदौंमा बसेको बैठकले बढुवाका लागि १५ दिने सूचना जारी गर्ने निर्णय गरेको हो ।

१२ औं तह बढुवाका लागि परेका आवेदन मध्येबाट ३ जनाको लागि ५ वर्षको कार्यसम्पादन मुल्यांकनका आधारमा १ कम्तिमा १ दशमलव ५ गुणा बढी उमेदवारको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने स्वास्थ्य सेवा ऐनमा उल्लेख छ ।

१ दशमलव ५ गुणा बढी उमेदवार सिफारिस गर्दा कम्तिमा ५ जनाको नाम बढुवा समितिले मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । प्रशासनतर्फ भने १ को तीन सिफारिस गर्ने प्रचलन रहेको छ । मन्त्रिपरिषदले बढुवा समितिबाट आएकामध्ये जुनसुकै उमेदवारको पनि १२ औं तहको विशेषज्ञमा तोक्न सक्ने प्रावधान रहेको छ ।

यी हुन् स्वास्थ्य सेवामा ५ वर्ष ११ औं तह पुरा गरेका उमेदवारहरु

Seniority list
Seniority list
Seniority list
Seniority list
Seniority list
Seniority list
Seniority list
Seniority list

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ