२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारग्लोबल अस्पतालले ९५० रुपैयाँमै कोभिड-१९ परीक्षण गर्ने, पाेष्ट काेभिड टेष्टमा ५०% छुट

ग्लोबल अस्पतालले ९५० रुपैयाँमै कोभिड-१९ परीक्षण गर्ने, पाेष्ट काेभिड टेष्टमा ५०% छुट


ललितपुर—ग्वार्कोस्थित ग्लोबल अस्पतालमा दशैँको अवसरमा विदेश जानेलाई ९ सय ५० रुपैयाँमै कोभिड-१९ को पिसिआर परीक्षण गर्ने भएको हो । आइतबार अस्पतालले एक कार्यक्रममार्फत नेपाल सरकारको स्वीकृतीमा वैदेशिक रोजगारीमा जानेलाई ९ सय ५० रुपैयाँ पिसिआर परीक्षण गर्ने जानकारी दिएको हो ।

यस्तै, अस्पतालले दशै र तिहारका बेला घर फर्किने सर्वसाधारण, पत्रकारलाई पनि ९ सय ५० रुपैयाँमै कोभिड-१९ को पिसिआर परीक्षण गर्ने अस्पतालका मेडिकल निर्देशक डा उज्जवल ठाकुरले जानकारी दिए । उनकाअनुसार अस्पतालले घरबाटै स्वाब संकलन गर्ने सुविधा समेत दिनेछ ।

‘९५० मा कोभिड टेष्ट गराऔं, ढुक्क भइ कोरोनारहित परिवारसहित दशै मनाऔं’ भन्ने मान्यताका साथ अस्पतालले यो सेवा दिन लागेको हो । उसले पोष्ट कोभिड-१९ भएका बिरामीलाई पनि निःशुल्क परामर्श दिने जनाएको छ ।

बालबालिकालाई प्रभाव पार्ने नयाँ कोभिड-१९ भेरियन्टलाई ध्यान दिदैं अस्पतालले १० बेड भेन्टिलेटरसहितको एनआईसीयु, पेरियाडोन्टिक्स र अर्थोडोन्टिक्स विभाग समेत स्थापना गर्दैछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ