२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ७८५ जनामा कोभिड-१९ संक्रमण, ८८८ जना संक्रमणमुक्त

नेपालमा थप ७८५ जनामा कोभिड-१९ संक्रमण, ८८८ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप ७ सय ८५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८ लाख २ हजार ८ सय ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ सय ८८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७६ हजार ८ सय २१ पुगेको छ ।

कोभिड-१९ को संक्रमणबाछ पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोभिड-१९ को संक्रमणबाट ११ हजार २ सय ४३ जनाको मृत्यु भएको छ ।

अहिले नेपालमा कोभिड-१९ का १४ हजार ७ सय ८७ सक्रिय केसहरु रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ