२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि शिक्षण अस्पतालमा सञ्चालनमा आयो ‘एक्युट स्ट्रोक एचडियु’

त्रिवि शिक्षण अस्पतालमा सञ्चालनमा आयो ‘एक्युट स्ट्रोक एचडियु’


काठमाडौं—महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक्युट स्ट्रोक एचडियु सञ्चालनमा आएको छ । शुक्रबार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिन प्रा.डा. दिव्यासिंह शाह र त्रिवि शिक्षण अस्पतालमा निर्देशक डा. दिनेश काफ्ले संयुक्त रुपमा एक्युट स्ट्रोक एचडियुको उद्घाटन गरेका हुन् ।

४ वटा एचडियु सञ्चालनमा आएसँगै मस्तिष्कघात भएका बिरामीहरुलाई उपचारमा सहजता आउने विश्वास गरिएको छ । अस्पतालका न्युरो विभाग प्रमुख डा. विक्रम गजुरेलले स्ट्रोक भएर अस्पताल आएका बिरामीहरुको तुरुन्तै उपचारपछि भर्ना गर्नका लागि एक्युट स्ट्रोक एचडियु  सञ्चालनमा ल्याइएको जानकारी दिए ।

‘अस्पतालमा स्ट्रोक भएर आएका बिरामीहरुलाई बाहिर पठाउन नपरोस भनेर हामीले यो एक्युट स्ट्रोक एचडियु  सञ्चालनमा ल्याएका हौं,’ पक्षघात तथा नसा रोग विशेषज्ञ डा. गजुरेलले भने, ‘यो बेडहरु बिरामी आएका बेलामा उपचार हुन्छ । अरु बेलामा खाली रहन्छ ।’

पक्षघात भएका बिरामीको उपचारपछि बाहिर पठाउनुपर्ने समस्या पनि अब हल हुने उनले जानकारी दिए । डा. गजुरेलकाअनुसार अत्याधुनिक प्रविधीसहितको उक्त वार्ड सञ्चालनमा आएसँगै मस्तिष्कघातका बिरामीको उपचारमा सहजता आएको छ ।

मस्तिष्कघात मस्तिष्कको नसा फुटेर वा बन्द भएर हुने गर्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #डा. दिनेश काफ्ले, #डा. विक्रम गजुरेल, #प्रा.डा. दिव्यासिंह शाह


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ