२०८२ असार २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचितवनमा आँखा, नाक, कान तथा मुखसम्बन्धि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

चितवनमा आँखा, नाक, कान तथा मुखसम्बन्धि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न


काठमाडौँ –  चितवनमा आँखा, नाक, कान तथा मुखसम्बन्धि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आँखा, नाक, कान तथा मुख स्वास्थ्य प्रमुख डा. प्रकाश बुढाथोकीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सो अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै  भरतपुर महानगरका उपप्रमुख पार्वती शाहले स्थानीय तहसुरु गर्दा संस्थापकका रुपमा शुन्यबाट सुरु गरेको र धेरै काम गर्न सफल भएको बताएकी छिन् ।

कार्यक्रमका अध्यक्ष डा. बुढाथोकीले आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा समाहित भइसकेका विशेषज्ञ सेवाहरु सरकारको तल्लो स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीसम्म पुर्याउन चुनौती भएपनि स्वास्थ्यका सिपाहीहरु दिलोज्यानले लागेमा असम्भव केहि नहुने विश्वास व्यक्त गरेका छन्   ।

भरतपुर अस्पतालका प्रमुख प्रा.डा. कृष्ण पौडेलले सरकारका प्राय कार्यक्रम आमा र बच्चामा सिमित रहेका र यस्ता रोग, जटिला तथा आर्थिक हानी बढी हुने विशेषज्ञ सेवा हरेक स्वास्थ्यसंस्था  पुरयाउन शुभकामना ब्यक्त गनु भयो ।

समापन कार्यक्रमका अतिथी उपचारात्मक सेवा महाशखाका निर्देशक पवनजंग रायमाझीले ओझेलमा परेको क्षेत्रलाई सम्बोधन गर्दे शाखा स्थापना भएको र हामी सवै मिलेर यस्को विकास र विस्तार गर्नुपर्नेमा जोड दिए ।

डा. बुढाथोकीका अनुसार अभिमुखीकरण कार्यक्रममा आँखा स्वास्थ्यतर्फ प्रा. डा. सविना श्रेष्ठ र डा. सुमित पाण्डे, ईएनटितर्फ डा. रमेश भण्डारी र डा. विजय खरेल र मुख स्वास्थ्यतर्फको प्रशिक्षण स्वयं डा. प्रकाश बुढाथोकी,डा. अजय न्यौपाने र डा. प्रकाश पाण्डेले सहजीकरण गरेका थिए   ।

स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाले प्रदेश तथा स्थानीय तहका नीति निर्माता, कार्यान्वयन, योजनाकारलाई संवेदनशील बनाउन प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक, प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक, सामाजिक विकास तथा प्रदेश स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख, चितवन, मकवानपुर,नवलपुर, दा,मोर,कैलालीका स्वास्थ्य प्रमुख, भरतपुर, बिराटनगर, जनकपुर, धनगढी र घोराही महानगर तथा उपमहानगरका स्वास्थ्य महाशाखा र शाखा प्रमुखहरु २९ जनाको सहभागीता रहेको थियो ।

समापन कार्यक्रममा भरतपुर अस्पतालको मुखपत्र — मासिक बुलेटिन बिमोचन पनि उपस्थित अतिथीहरुद्धारा गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ