२०८३ असोज १४, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ क्यान्सर अस्पतालमा पाँच जना डाक्टरको १२ औं तहमा बढुवा

क्यान्सर अस्पतालमा पाँच जना डाक्टरको १२ औं तहमा बढुवा

१३ चिकित्सकसहित १५ जनाको बढुवा


काठमाडौं—विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका १५ चिकित्सकसहित १५ जनाको बढुवा भएको छ । २५ माघमा बसेको अस्पताल पदपूर्ति समितिको बैठकले कन्सल्ट्यान्ट चिकित्सकसहित १५ जनाको बढुवा गरेको हो ।

जसमा सिनियर कन्सल्ट्यान्ट १२ औं तहमा ५ चिकित्सकहरु बढुवा भएका छन् । जसमा डा. विजयचन्द्र आचार्य, डा. कृष्णसागर शर्मा, डा. सुरेश श्रेष्ठ, डा. अनिलविक्रम कार्की, डा. जया श्रेष्ठ रहेका छन् ।

यस्तै, जुनियर कन्सल्ट्यान्ट अधिकृत/दशौं तह सर्जिकल अंकोलोजी (इएनटी हेड एण्ड नेक सर्जरी) डा. अमर श्रेष्ठ र डा. सदिक्षा अधिकारीको बढुवा भएको छ भने जुनियर कन्सल्ट्यान्ट अधिकृत/दशौं तह (मेडिकल अंकोलोजी जनरल मेडिसिन)मा डा. गुरुशरण शाहको बढुवा भएको छ ।

यसैगरी, जुनियर कन्सल्ट्यान्ट अधिकृत/दशौं प्याथालोजीमा डा. ग्रेता पाण्डे बढुवा भएकी छन् भने जुनियर कन्सल्ट्यान्ट अधिकृत/दशौं एनेस्थेसियालोजीमा डा. योगेश रेग्मीको बढुवा भएको छ ।

यस्तै, जुनियर कन्सल्ट्यान्ट अधिकृत/दशौं मेडिकल अंकोलोजी (पेडियाट्रिक मेडिसिन)मा डा. निभा तिवारी र जुनियर कन्सल्ट्यान्ट अधिकृत/दशौं सर्जिकल अंकोलोजी (ब्रेस्ट सर्जरी)मा डा. दिपक सिंह मौनी बढुवा भएका छन् । यस्तै, जुनियर कन्सल्ट्यान्ट अधिकृत/दशौं तह रेडियो डाइग्नोष्टिक एण्ड इमेजिङमा डा. नितु शर्मा बढुवा भएकी छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ