२०८२ असार २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९ खोप अध्ययन समितिले बुझायो प्रतिवेदन

कोभिड-१९ खोप अध्ययन समितिले बुझायो प्रतिवेदन


काठमाडौँ – कोभिड-१९ खाेपको अनुगमनका लागि गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। स्वास्थ्यमन्त्री विरोध खतिवडा समक्ष मन्त्रालयका १२ औं तहका विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा गठित ५ सदस्सीय टोलीले खोपको रेकर्ड र बजारमा उठेका विषयमा सत्यतथ्य छानबिन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन बुझाएको हो ।

उक्त प्रतिवेदन पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताइएको छ। डा. लोहनीसहित प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा. अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा छानविन समितिमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले एक साताअघि कोभिड-१९ विरुद्ध  हराएको २४ लाख डोज खोपको रेकर्ड सरकारी तथ्यांकमा नरहेको विषयमा छानविन गर्न समिति बनाएको थियो ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ