२०८२ असार १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ३१८ जनामा कोभिड पुष्टि, १२o५ जना संक्रमणमुक्त

थप ३१८ जनामा कोभिड पुष्टि, १२o५ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा थप ३ सय १८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ सय १८ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ९ लाख ७६ हजार ५ सय १२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २ सय५ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५४  हजार ९ सय ३  पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट १ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३१  पुगेको छ ।

नेपालमा बिहिबार ९ हजार ६ सय ७८ सक्रिय कोभिड संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ