२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय स्वास्थ्यकर्मी संघको चौथो महाघिवेसन चैत्र २५ देखि

राष्ट्रिय स्वास्थ्यकर्मी संघको चौथो महाघिवेसन चैत्र २५ देखि


काठमाडौं-नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौथो महाअधिवेसन चैत २५ देखि २७ गतेसम्म हुने भएको छ ।

संघको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले आगामी चैत्रको २५, २६ र २७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको संघका सचिव हिमालय तिवारीले जानकारी दिए ।

नेकपा एमालेका सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराइको प्रमुख आतिथ्यतामा बसेको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकमा पार्टीका जनसंगठन समन्वय विभागका प्रमुख तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र उपप्रमुख रचना खड्काको उपस्थिती रहेको थियो ।

नेकपा एमाले निकट संगठनमा तेस्रो अधिवेशनबाट भक्तिमान सुब्बा अध्यक्ष चुनिएका थिए । तर, पार्टी विभाजनसँगै उनी नेकपा समाजवादीमा लागेपछि उपाध्यक्ष रामबहादुर चन्दले कार्याबहाक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । चौथो अधिवेसनले नयाँ नेतृत्व छान्ने छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले, #नेपाल, #योगेश भट्टराइ, #राष्ट्रिय स्वास्थ्य कर्मी संघ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ