२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा दिवस, २०७८ मनाइदैं

स्वास्थ्य सेवा दिवस, २०७८ मनाइदैं


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ स्वास्थ्य सेवा दिवस, २०७८ मनाइरहेको छ । आइतबार मन्त्रालयको प्राणगणमा स्वास्थ्य सेवा दिवसका अवसरमा मूल समारोहको आयोजना गरिएको छ ।

उक्त समारोहको अध्यक्षता मुख्य सचिव शंकरदास वैरागीले गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको अभिभावकत्वमा उक्त समारोह आयोजना भइरहेको छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङ, स्वास्थ्य तथा जनसंख्या सचिव देवकुमारी गुरागाई, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह, प्रमुख विशेषज्ञहरु डा. गुणराज लोहनी र श्यामसुन्दर यादव उपस्थित रहेका छन् ।

स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित उक्त मूल समारोहमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, प्रतिष्ठानहरु, केन्द्रीय अस्पतालका कर्मचारीहरुको समेत उपस्थिती रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ