२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १११ जनामा कोभिड पुष्टि, सक्रिय केस साढे ८ हजार

थप १११ जनामा कोभिड पुष्टि, सक्रिय केस साढे ८ हजार


काठमाडौं – नेपालमा थप १ सय ११ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ सय ११ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ९ लाख ७६ हजार ८ सय ६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४  सय १५ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५६  हजार ४ सय १३  पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट १ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३५  पुगेको छ ।

नेपालमा आइबार ८ हजार ५ सय १७ सक्रिय कोभिड संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ