२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्रीको टोली र मृगौला प्रत्यारोपित टोलीबीच फुटवल प्रतियोगिता, ३ गोलको बराबरीमा रोकियो

स्वास्थ्यमन्त्रीको टोली र मृगौला प्रत्यारोपित टोलीबीच फुटवल प्रतियोगिता, ३ गोलको बराबरीमा रोकियो


काठमाडौँ – विश्व मृगौला दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले नेतृत्व गरेको टोली र मिर्गौला प्रत्यारोपित टोलीबीचको मैत्रीपूर्ण फुटवल खेल ३ –३ गोलको बराबरीमा टुंगिएको छ ।

दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा निर्धारित ९० को समयमा तीन-तीन गोल भई बराबरीमा टुंगिएको हो । उक्त प्रतियोगितामा स्वास्थ्यमन्त्री खतिवडाले नेतृत्व गरेको उच्च सरकारी पदाधिकारी, चिकित्सक कलाकार तथा पत्रकार सम्मिलित टोली र झमक श्रेष्ठले नेतृत्व गरेको अंग प्रत्यारोपित टोलीबीच भएको हो।

सो कार्यक्रममा मानव अंग प्रत्यारोपण समाज नेपाल र स्वास्थ्य अभियान नेपालको पनि सहकार्य थियो।

खेलमा शहरी विकास मन्त्री रामकुमारी झाँक्री, पूर्व मुख्य सचिव लिलामणि पौडेल, स्वास्थ्य सचिव देवकुमारी गुरागाईं, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनी, प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ सहित बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतको उपस्थिति थियो ।

फुटबल प्रतियोगिता पछि मृगौला सम्बन्धि छलफल कार्यक्रमसमेत राखिएको थियो। अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रममा स्वास्थ्य अभियान नेपालका अध्यक्ष दीपकप्रसाद दाहालले मानव अङ्गदानको बारेमा जनचेतनामा फैलाउन आवश्यक रहेको जनाए ।

केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले डायलासिसका लागि प्रत्येक वर्ष एक जना व्यक्तिका लागि साढे २ लाख रुपैयाँ र प्रत्यारोपणमा ५ लाख रुपैयाँ सरकारले खर्च गर्ने बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ