काठमाडौँ – निजामती कर्मचारी श्रीमती संघको आयोजनामा गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ मा विशेषज्ञ स्तरीय नि:शुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। त्यहाँको हिमालय माध्यमिक विद्यालय भवनमा शुक्रबार र शनिबार गरी दुई दिन स्वास्थ्य शिविर हुने भएको हो।
सो शिविरमा छाला तथा यौन रोग, सामान्य चिकित्सा सम्बन्धी, आँखा सम्बन्धी नि:शुल्क शल्यक्रिया, दन्त रोग, मुटु रोग, बाल रोग, बाथ रोग, हाडजोर्नी, नाक, कान र घाँटी सम्बन्धि, मृगौला रोग सम्बन्धि नि:शुल्क परीक्षण गर्नुको साथै इसिजी, इकोकार्डियोग्राम, भिडियो एक्स-रे, पिसाब, रगत लगायतका जाँच गरिने आयोजक टोलीले बताएको छ।
त्यस्तै, प्रसुती तथा स्त्री रोग, आङ खस्ने रोगको स्क्रीनिङ गर्ने र आङ खस्ने बिरामीको शल्यक्रिया भने थापाथलीस्थित प्रस्तुती गृहमा गरिने छ।