२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. दिपेन्द्र पाण्डे

डडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. दिपेन्द्र पाण्डे


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. दिपेन्द्र पाण्डेलाई दिएको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै डा. पाण्डेलाई डडेल्धुरा अस्पतालको निमित्त मेसुको जिम्मेवारी दिएका हुन् ।

१४ वटा विभाग रहेको संघअन्तर्गतको डडेल्धुरा अस्पताल १ सय शैय्याको हो । सुदूरपश्चिमका पहाडी जिल्लाको प्रमुख अस्पतालका रुपमा रहेको उक्त अस्पतालमा ११ औं तहको मेसु रहने व्यवस्था छ ।

मन्त्रालयले १० औं तहका डा. पाण्डेलाई निमित्त मेसुको जिम्मेवारी दिएर पठाउन लागेको हो । यसअघि डा. पाण्डे त्रिशुली अस्पतालको मेडिकल सुपरिटेन्डन्ट थिए ।

त्रिशुली अस्पतालको मेसु रहँदा डा. पाण्डेले परिणामुखी काम गरेर देखाएका थिए । उनकै नेतृत्वमा त्रिशुली अस्पतालमा व्यापक सेवा विस्तार हुनुका साथै भौतिक पूर्वाधार तथा उपकरणमा उल्लेख्य प्रगति गरेको थियो ।

डा. संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको गुणस्तर सुधारका लागि तय गरेको ‘न्यूनतम सेवा मापदण्ड (एमएसएस)’ मा पहिलो नम्बरमा परेको थियो ।

स्वास्थ्य खतिवडाका विज्ञ सल्लाहकार डा. रमेश ढकालले डा. पाण्डे डडेल्धुरा अस्पतालको निमित्त मेसु जिम्मेवारी दिने निर्णय भएको बताउँदै उनको नेतृत्वमा अस्पताल सुधार हुने आशा व्यक्त गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ