२०८० मंसीर २०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय स्वास्थ्यकर्मी संघको महाधिवेसन भोलिबाट

राष्ट्रिय स्वास्थ्यकर्मी संघको महाधिवेसन भोलिबाट


काठमाडौं—नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौथो महाधिवेसन भोलिदेखि हुने भएको छ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार विहान ११ बजे प्रज्ञा भवनमा उद्घाटन गर्ने उक्त महाधिवेसन तीन दिन चल्नेछ ।

चौथो महाधिवेसनबारे जानकारी दिन बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रामबहादुर चन्दले महाधिवेसनमा ७ सय बढी प्रतिनिधीहरु सहभागी हुने जानकारी दिए । उनले महाधिवेसनको सबै तयारी सकिएको जानकारी सम्मेलनमा दिए ।

महाधिवेसनले अध्यक्ष, महासचिवलगायत १७ पदाधिकारीसिहत १५१ सदस्सीय केन्द्रीय समिति चयन गर्नेछ । संघमा विभाजन आएकाले सहमतिमै नेतृत्व चयन गर्ने तयारीमा संघका नेताहरु छन् ।

यसअघि १३ फागुनमा बसेको संघको केन्द्रीय समिति बैठकले चौथो महाधिवेसनको मिति र स्थान टुंगो लगाएको थियो । एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एस बनेसँगै संघमा पनि विभाजन आएको छ ।

नेकपा एमाले निकट संघमा तेस्रो अधिवेशनबाट भक्तिमान सुब्बा अध्यक्ष चुनिएका थिए । तर, पार्टी विभाजनसँगै उनी नेकपा समाजवादीमा लागेपछि उपाध्यक्ष चन्दले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ