२०८२ चैत्र १९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफोर्ब्सको सूचीमा परिन महिनावारी कप प्रयोग गर्न सिकाउने पुतली नेपालकी संस्थापक ऐश्वर्या

फोर्ब्सको सूचीमा परिन महिनावारी कप प्रयोग गर्न सिकाउने पुतली नेपालकी संस्थापक ऐश्वर्या


काठमाडौँ – पुतली नेपालकी संस्थापक एवं अध्यक्ष ऐश्वर्या रानी सिं‍ह अमेरिकी म्यागेजिन फोर्ब्सको ‘३० वर्षमुनिका ३० प्रभावशाली एसियाली व्यक्ति’को सूचीमा पर्न सफल भएकी  छिन्। बुधबार फोर्ब्सले सार्वजनिक गरेको उक्त सूचीमा उनी सामाजिक प्रभाव विधामा सूचीकृत भएकी हुन्।

पुतली नेपाल महिनावारी स्वच्छता शिक्षा र प्रशिक्षणमा केन्द्रित गैर नाफामूलक संस्था हो। संस्थाले युवाहरूलाई उनीहरूको समुदायमा प्रशिक्षक बन्न प्रेरित गर्छ। महिनावारी हुँदा गर्नुपर्ने सरसफाईको विषयमा जनचेतना अभिवृद्धिको काम गर्नुको साथै संस्थाले आफै मेन्स्ट्रुअल कप र मेन्स्ट्रुपेडिक कमिकहरू बनाउँदै विक्री वितरण गर्दै आएको छ।

संस्था सुरु भएदेखि १ हजार जना महिलाहरुले मेन्स्ट्रुअल कपको प्रयोग गर्न थालेका छन् । त्यस्तै, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा १४ हजारभन्दा बढीलाई कपको प्रयोगबारे तालिम दिइसकेको छ।

उनीसहित अन्य ४ जना नेपाली युवा पनि फोर्ब्सको प्रभावशाली युवाको सूचीमा परेका छन्। अफरिङ ह्याप्पीनेसका संस्थापकद्वय निरज काफ्ले र सन्तोष पाण्डे, इनग्रेल्सका सह-संस्थापक सुजित पाठक, नासा गोडार्ड स्पेस फ्लाईट सेन्टरका पोष्टडकटरल फेलो सुमित ढकाल पनि  सुचीमा परेका हुन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ