२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठविश्वभारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली

भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली


चेन्नई—भारतमा एमबीबीएस अध्ययनका लागि तोकिएका सिटहरु रिक्त रहेको पाइएको छ । टाइम्स अफ इण्डियाकाअनुसार डिम्ड युनिभर्सिटीअन्तर्गतका १० वटा कलेजहरुमा ४ सय ५० भन्दा एमबीबीएस सिट खाली रहेका छन् ।

भारतको तमिलनाडू राज्यका १० वटा कलेजहरुमा एमबीबीएस अध्ययनका लागि विद्यार्थीहरु अपुग भएको टाइम्स अफ इण्डियाले जनाएको छ । तेस्रो चरणको काउन्सिलिङ पूरा भइसक्दा पनि विद्यार्थीहरु भर्ना पूरा नभएको त्यहाँको मेडिकल काउन्सिलिङ कमिटीले जनाएको छ ।

मेडिकल काउन्सिलिङ कमिटीले लिएको काउन्सिलिङमा डिम्ड युनिभर्सिटीका ५१ कलेजमा ८ हजार ३ सय ८७ सिटमध्ये ७ हजार ९ सय २२ सिटमा मात्रै विद्यार्थी भर्ना पूरा भएको छ ।

चेन्नईमा रहेको श्रीसत्यसाई मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा मा भने झण्डै ८० प्रतिशत खाली रहेको समाचारमा जनाइको छ । सो कलेजका लागि २ सय ५० सिट छुट्याइएकोमा १ सय ९८ सिट खाली छन् ।

त्यसैगरी, भारथ मेडिकल कलेज एण्ड हस्पिटलमा १ सय ५० सिटमा ५८ सिट खाली, एसीएस मेडिकल कलेज एण्ड हस्पिटलमा २ सय ५० मा ५१ सिट खाली, श्री बालाजी मेडिकल कलेज एण्ड हस्पिटलमा २ सय ५० सिटमा ४७ सिट खाली, श्री लक्ष्मीनारायण इन्स्टिच्युट अफ मेडिकल साइन्समा २ सय ५० मा ४५ सिट खाली रहेका छन् ।

आरुपत्ती भेदु मेडिकल कलेज एण्ड हस्पिटलमा १ सय ५० मा ३६ सिट, जिआईटीएएम इन्स्टिच्युट अफ मेडिकल साइन्स एण्ड रिचर्समा १ सय ५० मा ३२ सिट, विनायक मिसन मेडिकल कलेज एण्ड हस्पिटलमा १५० मा २५ सिट, भीएमकेभी मेडिकल कलेज एण्ड हस्पिटलमा १ सय ५० मा १३ सिट र महात्मा गान्धी मेडिकल कलेजमा २५० सिटमा ८ सिट खाली रहेका छन् ।


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ