२०८२ वैशाख २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्पताल तथा स्वास्थ्य केन्द्र सम्बन्धी सेवामा हडताल गर्न नपाइने

अस्पताल तथा स्वास्थ्य केन्द्र सम्बन्धी सेवामा हडताल गर्न नपाइने


काठमाडौं—अब अस्पताल तथा स्वास्थ्य केन्द्र सम्बन्धी सेवामा हड्ताल गर्न नपाइने भएको छ । बिहीबार राजपत्रमा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गरेपछि अब अस्पताल र स्वास्थ्य केन्द्र सम्बन्धी सेवामा हड्ताल गर्न पाइने छैन् ।

सरकारले अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवामा हड्ताल गर्न नपाइने व्यवस्था गरेसँगै अब एम्बुलेन्स सेवाजस्ता सेवाहरुमा पनि हड्ताल गर्न पाइने छैन । यस्तै, औषधी निर्माण तथा विक्री वितरणसँग सम्बन्धी सेवामा पनि हड्ताल गर्न पाइने छैन ।

सरकारले फोहोर मैला, मास्क सम्बन्धी सेवा, ह्याण्ड सेनिटाइजर सम्बन्धी सेवा, भेटेनरी सेवालगायत २५ अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने आदेश जारी गरेको छ ।

सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरेर यस्तो व्यवस्था गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ