२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१ अर्ब ५८ करोड बेरुजु तत्काल फर्स्यौट गर्न मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

१ अर्ब ५८ करोड बेरुजु तत्काल फर्स्यौट गर्न मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन


काठमाडौँ  –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ अर्व ५८ करोड बेरुजु रकम तत्काल फर्स्यौट गर्न स्वास्थ्यका ७ वटै प्रदेशका निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले ७ वटै प्रदेशका सामाजिक मन्त्रालय, स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयहरुलाई पत्र लेखेर आ. व २०७४र ७५ सम्मको बेरुजु देखिएको १ अर्ब ५८ करोड रकम फर्स्यौट गर्न निर्देशन दिएको हो।

‘आ.व. ७४र७५ सम्मको साविक जिल्ला स्वास्थ्य कार्यालय तथा अस्पताल/विकास समितिहरुको नाममा रु. १,५८,०३, १३००/- बेरुजु रहेको देखिन्छ, ‘मन्त्रालयले पठाएको पत्रमा भनिएको छ, ‘यस मन्त्रालयको केन्द्रीय लागतमा रहेको उक्त बेरुजु फर्स्यौट गरी शुन्य बनाउन समय९समयमा बेरुजु अनुगमन समिति निर्देशित गरेको छ।

बेरुजु सम्बन्धित प्रमाण हाल प्रदेशमा हस्तान्तरण गरिसकेको हुँदा मन्त्रालयले मात्रै फर्स्यौट गर्न नसक्ने हुँदा आन्तरिक कार्यालयको पनि समन्वय आवश्यक रहेको मन्त्रालयले जनाएको छ।

जेठ १० र ११मा स्वास्थ्य विभागना भएको यस सम्बन्धित छलफल र गोष्ठीलाई आधार मानेर २०७५र७६ को बेरुजु फर्स्यौट गराउने कार्यलाई प्राथमिकतामा राखि तोकिएका कार्य पूरा गरी बेरुजु रकम फर्स्यौट गर्न मन्त्रालयले भनेको छ।

No description available.


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ