२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारब्यान्डेजको पोकाभित्र परालको टुक्रै टुक्रा

ब्यान्डेजको पोकाभित्र परालको टुक्रै टुक्रा


दोलखा –  घाउ तथा चोटपटक लाग्दा प्रयोग गरिने ब्यान्डेज र कटन गजभित्र परालको टुक्रै टुक्रा मात्र भेटिएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. १ स्थित कालिञ्चोक स्वास्थ्य चौकीमा पठाइएको ब्यान्डेजको पोकाभित्र परालको टुक्रा प्रशस्तै भेटिएको हो ।

उपचारको लागि स्वास्थ्य चौकीमा आएका बिरामीलाई ब्यान्डेज र कटनको पोका खोल्दा परालको टुक्राहरु प्रशस्तै मात्रमा भेटिएको स्वास्थ्यकर्मीले बताएका छन् । सन्तोष व्राण्डको उक्त ब्यान्डेज र कटन गज चाभो हेल्थ केयर वीरगञ्जले उत्पादन गरेको पोकामा देखिन्छ । घाउ तथा चोट पटकमा अत्याधिक मात्रमा प्रयोग गरिने व्याण्डेज, कटन गज घाउ नपाक्नबाट जोगाउछ ।

ब्यान्डेजको बाहिर पोका हेर्दा उत्पादन मिति, एक्सपाएर मिति र तौल सबै ठीक रहेको तर, भित्र खोलेर हेर्दा अधिकांश पोकामा परालको टुक्रा भेटिएको कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले बताए । ९०×१८ साइजको ४० थान ब्यान्डेज र अन्य स्वास्थ्य सामग्रीहरु २० लाखको टेण्डर आव्हान गरिएकोमा चार लाख ५० हजारमा खरिद गरिएको थियो । गाउँपालिकाले भक्तपुर बासुकी मेडिसिन प्लायर्समार्फत डेढ महिनाअघि उक्त स्वास्थ्य सामग्री खरिद गरिएको थियो । गाउँपालिकाले हाल ५-७ वटा स्वास्थ्य चौकीमा उक्त सामग्री पठाई सकेको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुशिल श्रेष्ठले जनाए । अन्य स्वास्थ्य चौकीमा पठाउने तयारीमा रहेका थिए ।

यसअघि पठाएका स्वास्थ्य चौकीबाट सामान फिर्ता लिई छ्ट्टिै सम्बन्धित निकायमा फिर्ता पठाउने स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक धिरेन्द्र चौधरीले बताए ।

गाउँपालिकामा ल्याएका ब्यान्डेजको सबै पोकाहरुमा परालका टुक्राहरु भेटिएको हुनाले सामान फिर्ता पठाउने प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले बताए । ल्याएका सामानहरुको भुक्तानी दिन बाँकी रहेकाले सामान फिर्ता पठाउन सजिलो हुने प्रमुख प्रशासकीय अधिकृत वललीले बताए ।

यस वर्ष गाउँपालिकाले २० लाखमा ब्यान्डेजलगायत अन्य स्वास्थ्य सामग्रीहरुको टेण्डर लगाएको थियो । भक्तपुरको बासुकी मेडिसिन सप्लायर्सले उक्त टेण्डर ७५ प्रतिशत घटेर करिब ५ लाखमा लिएको थियो । स्रोतका अनुसार गाउँपालिकामा आईपुगेका यी ब्यान्डेजहरुको मूल्य १ पैसामा दिन सक्ने कबोलसहित सप्लायर्सले टेण्डर लिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ