२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयको सुझाव – पानी उमालेर मात्रै खानु, सरसफाइमा ध्यान दिनु

स्वास्थ्य मन्त्रालयको सुझाव – पानी उमालेर मात्रै खानु, सरसफाइमा ध्यान दिनु


काठमाडौं – हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा पानीलाई उमालेर खान स्वास्थ्य मन्त्रालयले सुझाएको छ। काठमाडौँमा एकैपरिवारको २ जनामा हैजा रोगको पुष्टि भएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै वर्षायाममा पानीजन्य रोगबाट बच्न पानीलाई उमालेर खान र सरसफाइमा ध्यान दिन सुझाएको हो।

‘गर्मी तथा वर्षायाममा बिशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाई विशेष गरी (हातको सरसफाई) तथा खानेकुराको सरसफाई गर्ने, दिशापिसाब गरेपछि राम्ररी हात धुन अनुरोध गरिन्छ, ‘विज्ञप्तिमा भनिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार हैजा पुष्टि भएका काठमाडौं महानगरपालिका बागबजार वडा नं २८ मा बसोवास गर्दै आएका एकै परिवारका दुवै बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचार भैरहेको छ ।

१८ र २३ बर्षका उनीहरु झाडापखालाको लक्षण देखिएर असार २ गते टेकु अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्य मन्त्रालयले उपत्यकावासीलाई सतर्क रहनुका साथै हैजाकाे लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत आग्रह गरेको छ । समयमा सावधानी नअपनाए र राेगकाे निदान तथा उपचारको व्यवस्था नभए हैजाले महामारीको रूप लिन सक्ने बताइएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ