२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकाका १२ जनामा हैजा पुष्टि

काठमाडौं उपत्यकाका १२ जनामा हैजा पुष्टि


काठमाडौं–काठमाडौं उपत्यकाका १२ जना बिरामीमा हैजाका जीवाणु पुष्टि भएकाे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का प्रमुख डा. चुमनलाल दासका अनुसार आइतबार थपिएका ३ सहित हालसम्म उपत्यकामा १२ जनामा हैजाको जीवाणु फेला परेको छ ।

आइतबार थपिएका ३ जनामध्ये दुई जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे अस्पतालमा र १ जना सानेपास्थित स्टार अस्पतालमा उपचाररत रहेका छन् ।

शनिबारसम्म ९ जना बिरामी हैजाका कारणा उपचारको लागि अस्पतालमा भर्ना भएका थिए । इडिसिडी प्रमुख दासकाअनुसार हैजाको जीवाणु प्रमाणित भएका १२ जनामध्ये ५ जना निको भएर घर गइसकेका छन् । ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

डा. दासले हैजाबाट बच्न जथाभावी खानेकुरा नखाने, पानी उमालेर मात्र खान सुझाव दिएका छन् । ‘हैजाबाट बच्न जहापायो त्यहीको खाना र वासि खाना खान हुँदैन्,’ उनले भने, ‘पानी पनि उमालेर मात्र पिउनुपर्छ, लगातार पातलो दिसा भएमा या वान्ता भएमा तत्काल स्वास्थ्य संस्थामा गएर उपचार गर्नुपर्छ ।’

महाशाखाअनुसार आइतबार भर्ना भएका बिरामी नैकाप र पाटन क्षेत्रका रहेका छन् । यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भइसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ