२०८२ जेठ ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकार्यकालभरि आफ्नो र जनताको शिर निहुरिन दिन्न : स्वास्थ्य राज्यमन्त्री

कार्यकालभरि आफ्नो र जनताको शिर निहुरिन दिन्न : स्वास्थ्य राज्यमन्त्री


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले आफू पदमा रहँदा व्यक्तिगत, संस्थागत र सामाजिक रुपमा दाग लाग्ने कुनै पनि काम नगर्ने बताएका छन् ।

आफ्नो भूमिका राजनितिक मात्र नभएर सामाजिक रुपमा पनि रहेको भन्दै स्वास्थ्य मन्त्रालयमा बसुन्जेल आफ्नो जीवनमा अरुले प्रश्न उठाउने ठाउँ नदिने बताए ।

तीन दिनअघि मात्र मन्त्रालयको राज्यमन्त्रीको पदभार ग्रहण गरेका राज्यमन्त्री केसीले आफू ब्रिफिङ्ग लिने क्रममा रहेको बताए । ‘म राजनीतिक व्यक्ति हुँ मन्त्रालयको पूरा जानकारी छैन,’ उनले भने, ‘प्रारम्भिक जानकारीमा यो क्षेत्रको विगत प्रगति सन्तोषजनक छैन, अब सुधारका योजना बनाएर अगाडि बढ्छौ ।’

संवाददाताहरु शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित छलफलमा स्वास्थ्य राज्यमन्त्री केसीले अहिले पनि स्वास्थ्य क्षेत्रमा तमाम समस्या रहेको भन्दै कर्मचारीहरुसँगको समन्वयमा समस्याको हल गर्न केन्द्रित रहने बताए ।

उनले भने, ‘कार्यविभाजन गरेर काम गर्छौ । निःस्वार्थ भावनाले स्वास्थ्य क्षेत्रको विकृति हल गर्न प्रयत्नशील रहनेछु ।’ राज्यमन्त्री केसीले स्वास्थ्य संस्थाको सुधार, स्वास्थ्य विमाको सवलीकरण, अस्पतालहरुको सुदृढीकरण, बिरामीमैत्री स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले भने, ‘मैले अहिले विभिन्न विभाग र सम्बन्धित महाशाखाहरुमा व्रिफिङ सुनिरहेको छु । कार्यविभाजनमार्फत काम हुन्छ । गुनासो नहुने गरी काम गर्न प्रयत्नशील रहनेछु ।’

उनले आफूले काम गर्दा जहिले पनि निष्ेकलंक भएर गर्ने बताए । ‘नेपाली जनताको शिर निहुरिने गरी काम गर्ने छैन । धेरै यो काम गर्छु भन्दैन । आफ्नो तरिकाले दाग नलाग्ने गरी काम गर्छु । स्वास्थ्य सुधार मेरो पहिलो प्राथमिकता हो,’ उनले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ