२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपहिलोपटक डाक्टरहरुको लागि एसीपीएनको ‘सर्भिकल लिक्विड बेस्ड सिटोलोजी’को तालिम सम्पन्न

पहिलोपटक डाक्टरहरुको लागि एसीपीएनको ‘सर्भिकल लिक्विड बेस्ड सिटोलोजी’को तालिम सम्पन्न


काठमाडौँ– नेपालमा पहिलोपटक लिक्विड बेस्ड सिटोलोजीको तालिम सम्पन्न भएको छ । गएको शुक्रबार एसोसिएसन अफ क्लिनिकल प्याथोलोजी नेपाल( एसीपीएन) र परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको सहकार्यमा सो तालिम सम्पन्न भएको थियो ।

उक्त तालिममा देशका विभिन्न भागका प्याथोलोजी चिकित्सकहरुले भाग लिएका थिए । तालिममा सहभागी चिकित्सकहरुलाई लिक्विड बेस्ड सिटोलोजी र त्यसलाई प्रयोगमा ल्याउने विधिबारे प्रशिक्षण दिइएको प्रसूति गृहकी प्याथोलोजिष्ट डा. करिश्मा मल्ल वैद्यले बताइन । उनका अनुसार विभिन ठाउँबाट आएका प्याथोलोजिष्ट डाक्टरहरु लागि पहिलोपटक नेपालमा यो कार्यशालाको आयोजना गरिएको हो ।

भारतबाट आएका विशेषज्ञ र नेपालका विशेषज्ञबाट यससम्बन्धित काम गर्दाको अनुभव र ज्ञान सहभागी चिकित्सकहरुसँग साटेका थिए । सो कार्यशालाको मुख्य उद्देश्य स्क्रिनिङ परीक्षण गर्ने दक्ष जनशक्तिको क्षमतामा अभिवृद्धि गरेर महिलाहरुको पठेघरको मुखको क्यान्सरको दर घटाउने प्रयास रहेको डा. वैद्यको भनाइ छ ।

प्याप टेस्ट स्क्रिनिङको माध्यमबाट पाठेघरको मुखमा हुने क्यान्सरको पूर्व पहिचान गर्न सकिन्छ । यो विधिलाई महिलाको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि उत्तम प्रविधि मानिएको डा. करिश्मा मल्ल वैद्यले बताइन ।

आखिर किन यो आवश्यक ?

पाठेघरको मुखको क्यान्सर नेपालका महिलाहरुमा देखिने दोस्रो साझा रोग हो । र यो क्यान्सरबाट मृत्युको जोखिम पनि उत्तिकै हुन्छ। २०१८ ग्लोब्याकको तथ्यांक अनुसार ११. २ प्रतिशत पाठेघरको मुखको क्यान्सर पत्ता लागेकोमा ९ . ९ प्रतिशतको मृत्यु भएको थियो । २०२० को दाता ले झन बदी देखाएको छ । यसको सहि समयमा स्क्रिन गर्न सकेमा यसबाट बच्न सकिन्छ । यसको निम्ति सर्भिकक प्याप स्क्रिनिङ परिक्षन गर्न सकिन्छ । यसबाट रोग लागेपछि देखाउने नराम्रो रुप लिनु अघि नै हुन सक्ने सम्भावना देखाउंछ यसको स्क्रिनिङ गर्ने दुई तरिका छन् । एउटा प्याप टेस्ट -कन्भेन्सनल – एलबीसी र अर्को भनेको एचपीभी डीएनए हो ।

प्याप स्क्रिनिङ भनेको पाठेघरको मुखबाट कोषहरु स्क्राप गरेर निकालेर त्यसलाई रंग लगाएर माइक्रोस्कोप बाट हेर्ने प्रविधि हो भने एचपीभी डीएनए भनेको पाठेघरको मुखबाट कोषहरु निकालेर एचपीभी भन्ने भाइरस पहिचान गर्ने विधि हो । जो भाइरसले पाठेघरको मुखको क्यान्सर गराउँछ । सो भाइरस छ वा छैन हेर्ने विधिलाई ‘एचपीभी टेस्ट’ भनिन्छ । यो परीक्षणबाट कति बेफाइदा गरेको छ भने कुरालाई देखाउँछ । हरेक ३-३ वर्षमा प्याप स्मियर – कन्भेन्सनल, एलबीसी गर्न सकिन्छ र एचपीभी – डीएनए टेस्ट भने ५-५ वर्षमा गर्न सकिन्छ जसले पाठेघरको मुखको क्यान्सरबाट टाढा राख्दछ। यी परीक्षण स्क्रीनिङ टेस्ट नेपालको मापदण्ड अनुसार ३० वर्ष देखि ६५ वर्षका महिलाहरुले गर्न सक्नेछन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ