२०८३ असार १६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका नियांमक परिषद्हरु, गंगालाल र स्वास्थ्य बीमा बोर्डको पदाधिकारीमा क-कसले दिए आवेदन ?

स्वास्थ्यका नियांमक परिषद्हरु, गंगालाल र स्वास्थ्य बीमा बोर्डको पदाधिकारीमा क-कसले दिए आवेदन ?


काठमाडौं—स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतका विभिन्न नियामक परिषद्, अनुसन्धान परिषद्, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा स्वास्थ्य बीमा बोर्डका रिक्त पदाधिकारी तथा सदस्यका लागि आवेदन दिनेहरुको सूची सार्वजनिक भएको छ । मंगलबार मन्त्रालयले आवेदकहरुको सूची सार्वजनिक गरेको हो ।

मन्त्रालयले नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद्, नेपाल मेडिकल काउन्सिल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा स्वास्थ्य बीमा बोर्डका विभिन्न पदका लागि आवेदन दिनेहरुको सूची सार्वजनिक गरेको छ।

२ असारमा एक सूचना प्रकाशित गर्दै मन्त्रालयले कार्यविधि नै बनाएर स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी तथा सदस्य नियुक्तिको प्रक्रिया अगाडि बढाएको थियो ।

जसमा नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् तथा नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष र रजिस्ट्रार पदका लागि आवेदन माग गरिएको छ । यस्तै, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य र सदस्य–सचिव, नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रार पदका लागि आवेदन मागेको छ ।

त्यसैगरी, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशक र स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक पदका लागि समेत आवेदन माग गरिएको छ ।

मन्त्रालयले सम्बन्धित ऐन तथा नियमावलीमा तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिन भनेको थियो ।

Screenshot
Screenshot
Screenshot
Screenshot
Screenshot
Screenshot
Screenshot
Screenshot


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ