२०७९ साउन २३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ४५६ जनामा कोभिड पुष्टि, ८० जना निको भए

नेपालमा थप ४५६ जनामा कोभिड पुष्टि, ८० जना निको भए


काठमाडौँ  -देशभर एकैपटक थप  ४५६ जना कोभिड-१९ संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप ४५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

पछिल्लो समय दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ । हाल सक्रिय संक्रमित २ हजार ८४१ जना रहेका छन् ।

शुक्रबार आइसियूमा २२ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ८० जना संक्रमित निको भएका छन्।  उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)