२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअमेरिकी वैज्ञानिकहरुले बनाए ‘सुपर ड्रग’, प्रत्येक वर्ष ७० लाखको ज्यान बच्न सक्छ

अमेरिकी वैज्ञानिकहरुले बनाए ‘सुपर ड्रग’, प्रत्येक वर्ष ७० लाखको ज्यान बच्न सक्छ


अमेरिकी वैज्ञानिकहरुले एउटा यस्तो ड्रग विकास गरेका छन्, जो सुपरबग्स विरुद्ध कामयावी हुन सक्ने विश्वास गरिएको छ । अनुसन्धानका दौरान यो औषधीले सयौं ब्याक्टेरिमा मार्न सक्षम रहेको पाइएको छ । यी सबै ब्याक्टेरियामा सामान्य औषधीप्रति रेसिस्टेन्ट छन् ।

सुपरबग्ग एउटा यस्तो ब्याक्टेरिया, भाइरस, प्यारासाइट वा फंगस हो, जसमाथि एन्टीबायोटिक औषधीहरुको केही असर हुँदैन । एक जीवाणु सुपरबग्ग बन्नुको मुख्य कारण बढी मात्रामा एन्टीबायोटिक औषधी लिनुलाई मानिन्छ ।

सामान्य ब्याक्टेरियाका क्रोमोजोमहरुले एन्टीबायोटिक औषधीको प्रोटिन मोलिक्युल्स भत्काउँछन् र तिनीहरु विरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्छन् ।

डेलीमेलको रिपोर्टअनुसार सुपरबग्गको इन्फेक्सनबाट हरेक वर्ष ७० लाख मानिसहरुको मृत्यु हुने गर्छ । यसलाई ग्लोबल वार्मिङजस्तै गम्भीर रुपमा लिन आवश्यक रहेको विज्ञहरु बताउँछन् ।

फैबिमायसिन एक मानव निर्मित औषधी हो, जसको ट्रयाल सबैभन्दा पहिले मुसामा गरिएको हो । वैज्ञानिकहरुले ट्रायलका क्रममा यो औषधीले मुसामा ड्रग रेसिस्टेन्ट निमोनिया र युरिनरी टेष्ट इन्फेक्सन (UTIs को निको पारेको थियो । यसमा अनेकन अनुसन्धानपछि थाहा भयो कि यो ड्रग सुपरबग्गका ३ सयभन्दा बढी स्ट्रेन्सको मार्ने कामयाव भएको थियो ।

युनिभर्सिटी अफ इलिनोइसका वैज्ञानिकहरुले फैबिमायसिनका १४ वटा भर्सन बनाएका छन् । यो स्कीन इन्फेक्सन, ब्लड पोइजनिङ र टक्सिक सक सिन्ड्रोमजस्ता स्थिती पैदा गर्ने सुपरबग्सलाई खतम गर्न मद्धत पु¥याउन सक्छ ।

यी भर्सनहरुलाई मुसामा १० अलग—अलग ब्याक्टेरियामाथि ट्रायल गरिएको थियो । यसमा ई कोली नामको ब्याक्टेरिया पनि सामेल थियो । जो युटिआईको कारण बन्छ । यसका अलावा निमोनियाको ब्याक्टेरियामाथि पनि फैबिमायसिनको परीक्षण गरिएको छ ।

-दैनिक भाष्करबाट भावानुवाद


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ