२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ कम थाहा भएका यी ५ लक्षणः जुन डेंगुका लक्षण पनि हुन सक्छन्

कम थाहा भएका यी ५ लक्षणः जुन डेंगुका लक्षण पनि हुन सक्छन्


हाल डेंगुले व्यापक रुप लिइरहँदा डेंगुका मुख्य लक्षणहरुको बारेमा धेरैलाई थाहा वा जानकारी भएको हुनुपर्दछ। तर, कतिपय फरक तर कम देखिने लक्षणहरु देखिदा भने डेंगु निदानमा ढिलाइ हुन सक्दछ।

लेखकले अस्पतालको ‘डेंगु क्लिनिक’ मा दैनिक सय जनाको हाराहारीमा आउने बिरामीलाई सेवा दिदैं गर्दा खासै जानकारीमा नभएका अथवा मुख्य लक्षणहरुभन्दा फरक समस्या वा लक्षण देखिएकामा डेंगु पुष्टि हुने गरेका छन्।

यी निम्न ५ लक्षणहरु डेंगुमा कम सुनिने लक्षणहरु हुन्ः

१. ढाडको तल्लो भागमा अत्याधिक दुखाइ हुनु ।
२. अत्याधिक जाडो हुने र पसिना आउने।
३. ज्वरो नदेखिनु/महसुस नगर्नु वा १०० डिग्री फरेनहाइटभन्दा कम हुनु (शरीरको दुखाइसँगै)।
४. सुति मात्र राख्न मन लागिराख्ने (तर, कतिपयलाई शारीरिक दुखाइ अत्याधिक हुँदा निद्रा नलाग्ने पनि हुन्छन्)।
५. कान दुख्नु।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ