२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ चीनबाट उपचारपछि स्वदेश फर्किए माओवादी केन्द्रका नेता पुन

चीनबाट उपचारपछि स्वदेश फर्किए माओवादी केन्द्रका नेता पुन


काठमाडौं—चीनमा तीन साता लामो उपचारपछि नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनः स्वदेश फर्किएका छन् । वंशाणुगत जण्डिसबाट पीडित उनी १७ मंसिरमा उपचार गर्न चीन पुगेका थिए ।

उनको चीनको सेनचेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार सुरु गरिएको थियो । उपचारपछि स्वास्थ्य अवस्थामा सुधार भएपछि पुन मंगलबार दिउँसो स्वदेश फर्किएका हुन् ।

पटक—पटक वंशाणुगत जण्डिसका कारण स्वास्थ्य समस्या ब्यवहोर्दे आएका पुनको यसअघि पनि सोही अस्पतालमा उपचार भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ