२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्मार्ट हेल्थ नेपालको सिईओमा ३९ वर्षीय डा. नेपाल नियुक्त

स्मार्ट हेल्थ नेपालको सिईओमा ३९ वर्षीय डा. नेपाल नियुक्त


काठमाडौं—स्मार्ट हेल्थ नेपालको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा डा. विपिन नेपाल नियुक्त भएका छन् । नेपालका एकमात्र रक्त विशेषज्ञ ३९ वर्षीय डा. विपिन सोमबारबाट स्मार्ट हेल्थको सिइओमा तीन वर्षका लागि नियुक्त भएका हुन् ।

डा. विपिन (कन्सल्ट्यान्ट, एड्भाइजर, एन्ड एड्भोकेटर ट्रान्सफ्युजन मेडिसिन एन्ड ब्लड बैंङ्क) नेपालका एक मात्रै रक्त विषेशज्ञ हुन् ।

विगत लामो समयदेखि रक्त सेवामा आवद्ध भई अस्पताल र स्वास्थ्य सेवा केन्द्रहरुबाट आफ्नो सेवा प्रदान गर्दै आएका डा. विपिनले कोभिड-१९, डेंगुजस्ता महामारीमा बिरामीलाई सरल र सुलभ ढंगबाट रगत उपलब्ध गराउने कार्यमा अहम भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

डा. विपिनले सिईओका रुपमा आफ्नो पदभार ग्रहण गर्दै रक्तदान महादान अभियानमा सबैलाई समेटर यो पुण्यको कर्ममा लाग्न आह्वान गरे ।

स्मार्ट हेल्थ नेपालले विषेश गरी रक्तसेवाहरु, नजिकैका अस्पताल, एम्बुलेन्स, ब्लड बैंक, फार्मेसी, सरल र सहज ढंगमा खोज्न सकिने अपलोड प्रेस्क्रीप्सन , मेडिसिन रिमाइडर, मेडि इन्डेक्स (मेडिसिन डिक्सनेरी) साथै हेल्थ क्यालकुलेटर (आईबिडब्लु, बिएमआई, ईडिडि) जस्ता फिचर भएको स्मार्ट हेल्थ नेपाल मोबाइल एप्लीकेसनमार्फत निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।

स्मार्ट हेल्थ नेपाल आफ्नो मोबाइलमा डाउनलोड गर्न मोबाइलको एप स्टोर वा प्ले स्टोरमा गई स्मार्ट हेल्थ नेपाल टाइप गरी डाउनलोड गर्न सकिनेछ । छोटो समयमा नै यो मोबाइल एप्लिकेसनको मद्धतमा ८ सय १२ पिन्ट आपत्तकालीन अवस्थामा रक्तसेवा संचार गर्ने केन्द्रहरु रक्तदाता र रक्तदान कार्यक्रम संचालन गरी रगत मिलाउन सफल भएको संस्था कार्यक्रम अधिकृत मनिषा श्रेष्ठले जानकारी दिइन ।

स्मार्ट हेल्थले आगामी दिनमा रगत व्यवस्थापनलाई थप सहज बनाउँदै राष्ट्रिय अभियान संचालनमा ल्याउने जनाएको छ । स्मार्ट हेल्थ नेपाल स्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण सूचना प्रदान गर्ने साथै समस्याको समाधान गर्ने हेतुले स्थापना भएको कम्पनी हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ