२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशचुलेलगाउँमा तातोपानीसहितको स्नान कक्ष, सरसफाइमा सहज 

चुलेलगाउँमा तातोपानीसहितको स्नान कक्ष, सरसफाइमा सहज 


जुम्ला – यति बेला पुसको अन्तिम सातामा चिसो निकै बढेको छ । तर जुम्लामा हिउँ पर्ने सकेको छैन । पानी जमेर बरफ बनेको छ । पानी निकै चिसो छ । यहाँ हिउँ सिजनमा निकै चिसो हुने भएकाले सरसफाइ गर्न निकै असहज हुन्छ ।

हप्ता दिनमा नुहाउने र लुगाफाटो सरसफाइ गर्नु पर्ने हो । तर चिसोका कारण यहाँका नागरिकले महिना दिनको अन्तरमा शारीरिक सरसफाइ गर्ने गरेको पाइन्छ ।

यही समस्यालाई मध्यनजर गर्दै सिंजा गाउँपालिका – १ चुलेलगाउँमा तातोपानीसहितको  स्थान कक्ष निर्माण गरिएको छ । महिला तथा किशोरीका लागि स्थान कक्ष निर्माण भएपछि गाउँभरिका महिला अहिले सो स्थानमा नुहाउने तथा सरसफाइ गर्ने गर्दछन् । महिनावारी हुने किशोरी महिलाले दिनदिनै सरसफाइ गर्नु पर्ने हुन्छ ।

प्लान नेपालको सहयोगमा पेस नेपाल जुम्लाले सो स्थान कक्ष नमुनाको रूपमा निर्माण गरी सञ्चालनमा ल्याएको हो । पेस नेपालका कार्यकारी अध्यक्ष किशोर न्यौपानेले नमुनाको रूपमा स्थान कक्ष सुरुवात गरिएको बताए । उनले सानो कामले पनि कहिलेकाहीँ राहत हुने भएकाले चिसो सिजनमा राम्रो भएको बताए ।

गाउँमा स्नान कक्ष सुचारु भएपछि सुरक्षित आनन्द तरिकाले नुहाउन र कपडा धुन मिलेको महिलाहरूले बताएका छन् । स्थानीय तिलाकन्या आचार्यले स्नान कक्ष निर्माण भएपछि खोलामा नुहाउन जानुपर्ने बाध्यता हटेको बताइन् ।

अर्कोतिर हिउँदको चिसो सिजनमा तातोपानी आएपछि किशोरीहरूको पनि नुहाउने भिड लाग्ने गरेको छ । सिंजा गाउँपालिका किशोरी सञ्जालकी कोषाध्यक्ष निर्मला आचार्यले छोरीहरूका लागि सुरक्षित नुहाउने स्नान कक्ष नमुना भएको बताइन् ।

स्नान कक्षको लागत ६ लाख ६८ हजार ५४८ रहेको पेस नेपाल जुम्लाका कार्यक्रम संयोजक हेमराज भट्टले जानकारी दिए । महिलाले स्नान कक्ष सुरक्षित गर्न संरक्षण समिति समेत गठन गरेका छन् । स्थानीय ठुमुरा वडको अध्यक्षतामा स्नान कक्ष निर्माण गरिएको हो ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ