२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशतिलागुफामा एक दिने प्रजनन स्वास्थ्य शिविर सञ्चालन

तिलागुफामा एक दिने प्रजनन स्वास्थ्य शिविर सञ्चालन


सुर्खेत – कालिकोट तिलागुफा नगरपालिकामा एक दिने महिला प्रजनन स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन भएको छ । तिलागुफा नगरपालिका वडा नं. ९, १० र ११ चिल्खाया गाउँमा एक दिने महिला प्रजनन स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

तिलागुफा नगर अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको समन्वय र तिलागुफा नगरपालिकाको आयोजनामा शिविर सञ्चालन भएको हो ।

शिविरमा गर्भवती महिलाको भिडियो एक्स-रे र पाठेघर सम्बन्धी चेक जाँचसँगै उपचार हुने तिलागुफा नगर अस्पतालका प्रमुख डा.टङ्क आचार्यले जानकारी दिए । ‘शिविरमा महिलाको स्वास्थ्य सम्बन्धी रोगको उपचार तथा चेकजाँच हुनेछ ।’ उनले भने,‘हामीले नगरपालिकाका सबै वडामा शिविर सञ्चालन गर्दै आएका छौँ ।’

महिला स्वास्थ्य विषयमा गम्भीर समस्या आउन नदिनका लागि शिविर सञ्चालन गरिएको जिल्ला अस्पताल कालिकोटकाका डा.अप्सरा हमालले बताइन् ।

पाठेघरको समस्याले गर्दा महिलाले अन्य ठाउँका अस्पताल धाउनु पर्ने बाध्यता हटाउनका लागि गाउँमा नै स्वास्थ्य शिविर सञ्चालन गरिएको नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ