२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्री गिरी तथा स्वास्थ्य राज्यमन्त्री कार्कीद्धारा वीर अस्पतालको क्याथ ल्याब उद्घाटन

स्वास्थ्य मन्त्री गिरी तथा स्वास्थ्य राज्यमन्त्री कार्कीद्धारा वीर अस्पतालको क्याथ ल्याब उद्घाटन


काठमाडौं  – वीर अस्पतालमा नयाँ क्याथ ल्याब मेशिन उद्घाटन गरिएको छ । बिहीबार नवनियुक्त स्वास्थ्य मन्त्री पदम गिरी तथा स्वास्थ्य राज्य मन्त्री तोषिमा कार्कीले उक्त मेशिनको संयुक्त उद्घाटन गरेका हुन् ।

मुटुसँग सम्बन्धित उपचारका लागि जडान गरिएको उक्त मेशिन वीर अस्पतालमा पहिलो पटक ल्याइएको उपसचिव प्रशासक सागर मिश्रले जनाए । मुटुसम्बन्धी उपचारका लागि महत्त्वपूर्ण उक्त मेशिन आइतबारदेखि सञ्चालनमा आउने उनले बताए ।

उक्त मेशिनले मुटुको प्वाल टाल्ने, नशा खुलाउने, मुटुमा जमेको पानी निकाल्ने लगायतका कार्यहरू गर्ने बताउँदै उपसचिव मिश्रले गङ्गालाल अस्पतालमा पाइने मुटुसम्बन्धीका सेवाहरू अब वीर अस्पतालमा पनि पाइने जनाए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ