२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशतिलागुफा नगर अस्पतालमा आँखा उपचार सेवा सुरु

तिलागुफा नगर अस्पतालमा आँखा उपचार सेवा सुरु


सुर्खेत – कालीकोट जिल्लाको तिलागुफा नगरपालिकाको नगर अस्पतालबाट आँखा उपचार सेवा सुरु भएको छ । तिलागुफा नगरपालिका–४ राँचुलीमा रहेको नगर अस्पतालले आँखा उपचार सेवा दिने भएको हो ।

विगतमा आँखा उपचार सेवा नभएको नगर अस्पतालमा आँखा उपचार सेवाको सञ्चालन गरिएको छ ।

आँखा उपचार सेवा नहुँदा विगतमा तिलागुफा नगरपालिकाका नागरिकहरूले बाहिर जानुपर्ने बाध्यता रहेको अब नगरपालिकाका नागरिकले नगर अस्पतालमा आँखा उपचार सेवा सुरु गरिएको नगर अस्पतालका प्रमुख डा.टंक आचार्यले जानकारी दिए ।

‘नगर अस्पतालबाट अबदेखि थप आँखा सम्बन्धी उपचार सेवा दिन थालेका छौँ ।’ उनले भने,‘नगर अस्पताललाई अझ प्रभावकारी बनाउनका लागि आँखा सम्बन्धी उपचार सेवा दिन थालेको हौँ ।’

सामान्य बिरामी हुँदा जिल्ला अस्पताल आउनु पर्ने बाध्यतामा रहेका तिलागुफा नगरपालिकामा नगर अस्पताल सञ्चालन भएदेखि गाउँमै स्वास्थ्य सेवा पाउँदै आएको नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिए ।

‘अस्पतालमा आँखा सम्बन्धी सेवा सुरु गरेपछि जिल्ला बाहिर धाउनु पर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।’ उनले भने,‘हामीले नगर अस्पताललाई सुबिधा सम्पन्न अस्पताल बनाउन चाहेका छौँ ।’

नेपाल नेत्र ज्योति सङ्घ कर्णाली प्रदेशको सहयोगमा रु. १५ लाख बरावरको स्वास्थ्य सामाग्रीसहित अस्पतालमा आँखा प्राथमिक उपचार केन्द्रको स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ