२०७९ माघ २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश अस्पतालबाट मिर्गौला प्रत्यारोपण हुने

कर्णाली प्रदेश अस्पतालबाट मिर्गौला प्रत्यारोपण हुने


सुर्खेत – कर्णाली प्रदेश अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा गर्ने भएको छ । अस्पतालले मिर्गौला प्रत्यारोपणको सेवा यहीँ हप्ताबाट सुरु गर्ने भएको हो । अस्पतालले सोमबार पत्रकार सम्मेलन गरेर मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने जानकारी दिएको हो ।

यसअघि माघ महिनादेखि मिर्गौला प्रत्यारोपणको लागि सम्झौता भएको र त्यसै अनुसार सेवा विस्तार गरिएको अस्पतालका निर्देशक प्रा.डा डम्बर खड्काले बताए ।

‘आर्थिक वर्षमा मिर्गौला प्रत्यारोपण सेवा, क्याथ ल्याब स्थापनाका साथै एमआरआई मेसिन जडान गर्ने जस्ता लिएका लक्ष्य पुरा भएका छन् ।’ उनले भने,‘अबको केही दिनमा नै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)