२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशप्राथमिक स्वास्थ्य केन्द्रमा पाँच वर्षदेखि छैनन् चिकित्सक

प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच वर्षदेखि छैनन् चिकित्सक


सुर्खेत – सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच वर्षदेखि चिकित्सक विहीन बनेको छ । स्वास्थ्य केन्द्रमा कार्यरत डा. हेमराज शर्मा अध्ययन बिदा सक्नासाथ बढुवा भएर गएपछि पाँच वर्षदेखि स्वास्थ्य केन्द्र डाक्टर विहीन बनेको हो ।

जना एमबिबिएस डाक्टरसहित १२ जनाको दरबन्दी स्वास्थ्य केन्द्रमा भए पनि अहिले करारसहित ७ जना मात्रै कार्यरत रहेका छन् । अहिले अहेव २ जना, करारसहित अनमी ३ जना र २ जना कार्यालय सहयोगी गरेर ७ जना मात्र कार्यरत रहेका छन् ।

एक जना एमबिबिएस डाक्टर, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, ल्याब असिस्टेन्ट लगायतका दरबन्दी रिक्त रहेको स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज वीरबहादुर वलीले बताए । ‘दरबन्दीअनुसारको जनशक्ति नहुँदा स्थानीयहरू विशेषज्ञ सेवाबाट वञ्चित भएका छन् ।’

उनले भने,‘स्वास्थ्य केन्द्रमा यक्ष–रे लगायत मेसिन उपकरणहरू छन् तर जनशक्ति नहुँदा भएका उपकरण पनि सञ्चालन गर्न सकिएको छैन ।’


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ