२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररविलाई न्याय दिनुपर्ने भन्दैं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीद्वारा आत्मदाहको प्रयास

रविलाई न्याय दिनुपर्ने भन्दैं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीद्वारा आत्मदाहको प्रयास


जुम्ला—राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यान दिनुपर्ने भन्दैं जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक कर्मचारीले आत्मदाहको प्रयास गरेका छन् ।

बिहीबार प्रतिष्ठानमा ड्राइभरका रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले जिल्ला प्रशासन कार्यलय अगाडि आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् । के गर्ने लागेको भनेर प्रहरीले प्रश्न गर्दा उनले भने, ‘रविलाई न्याय दे ।’ उनले यो देशमा आफूलाई बाँच्नै मन नलागेको प्रतिक्रिया प्रहरीलाई दिएका छन् ।

प्रष्ठिानका प्रवक्ता डा. रमेश भट्टराईले कार्कीलाई शरीरमा पेट्रोल छर्केको अवस्थामा जिल्ला प्रशासन कार्यलय अगाडिबाट उद्धार गरिएको बताए ।

‘प्रयास गरेको हो भन्ने छ । शरीरबाट पेट्रोलको दुर्गन्ध आइरहेको छ,’ उनले भने, ‘शरीरमा कुनै चोटपटक छैन । अप्रिय घटना हुन पाएन् ।’

अहिले कार्कीको प्रतिष्ठान अस्पतालको इमर्जेन्सीमा स्वास्थ्य परीक्षण भइरहेको छ । उनी १४ वर्षदेखि सरकारी कर्मचारीका रुपमा कार्यरत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ