२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविकास र समृद्धिका लागि मिडियाको भूमिका महत्वपूर्ण : स्वास्थ्य मन्त्री गिरी

विकास र समृद्धिका लागि मिडियाको भूमिका महत्वपूर्ण : स्वास्थ्य मन्त्री गिरी


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले लोकतन्त्र बलियो बनाउनका लागि प्रेस जगत् बलियो हुनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा चितवन शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गिरीले भ्रष्टाचार र विसंगति विरूद्ध हिम्मतिलो भएर कलम चलाउन मिडियाकर्मीहरूसँग आग्रह गरेका हुन् ।

‘राजनीतिक रूपमा हामीले धेरै परिवर्तन गर्‍यौँ । अबको समृद्धि भनेकै विकास र आर्थिक प्रगति हो । यसका लागि उत्पादनका क्षेत्रहरू विकास गरेर जानुपर्ने आवश्यकता छ ।

यसमा विसङ्गति र भ्रष्टाचार पर्खाल बनेर खडा छन्,’ उनले भने, ‘भ्रस्ट्राचारविरूद्ध तपाईँहरूबाट बमबारी हुन सकोस् । अहिले त्यो आवश्यकता छ । समाजका विकृतिविरुद्ध कलम चलाउने आँट गर्नुस् । हामीबाट त्रुटि हुँदा तपाईँहरूले खबरदारी गर्नुस् ।’

सरकारले मिडियामैत्री कानुन ल्याएर मिडियाकर्मीहरूका समस्या समाधान गर्नुपर्ने उनले बताए । नेपालको स्वास्थ्य क्षेत्रमा धेरै विकृति र विसङ्गति कायम रहेको पनि उनले बताए । ‘अस्पतालसम्म जान नसकेका कारण गाउँ- गाउँमा रोग पालेर बस्नेहरूको सङ्ख्या ठुलो छ ।

गुणस्तरीय सेवाका लागि जनताको पहुँच नभएको अवस्थामा दूर दराजका गाउँसम्म स्वास्थ्य सेवा लैजाने सङ्कल्पसहित म यस मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएको हुँ,’ मन्त्री गिरीले भने,’ सातै वटा प्रदेशमा आइसियुसहितका सुविधा सम्पन्न अस्पताल खोल्ने तथा गुणस्तरीय ल्याब र उपकरणको व्यवस्था गर्ने, गाउँ-गाउँमा पनि आधारभूत अस्पताल खोलेर हरेक नागरिकलाई स्वास्थ्य सेवा दिने , बिमा कार्यक्रमलाई फराकिलो बनाउँदै धेरैभन्दा धेरैलाई समेट्नेलगायत कार्य योजना कार्यान्वयनमा तपाईँहरूको साथ अत्यावश्यक छ । ‘


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ