२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल चिकित्सक संघ मतगणनाः डा. अनिलविक्रमको फराकिलो अग्रता, कसले कति भोट ल्याए ?

नेपाल चिकित्सक संघ मतगणनाः डा. अनिलविक्रमको फराकिलो अग्रता, कसले कति भोट ल्याए ?


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । मंगलबार विहानसम्म राजधानीबाहिरको मतगणना सकिँदा ३६४९ मतगणना भएको छ ।

अध्यक्षमा सुरुवातीदेखि नै अग्रता लिइरहेका डा. अनिलविक्रम कार्कीको अग्रता कायमै छ । उनले २०४९ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका डा. सन्तोष पौडेलले १३५४ मत ल्याएका छन् । यसैगरी अध्यक्षका अर्का प्रत्यासी डा. शिवजी विक्रम सिलवालले १४२ मत ल्याएका छन् ।

महासचिवमा डा. संजीव तिवारी १६४२ मतका साथ अग्र स्थानमा छन् भने डा. अमृत भुसाल ८९७ मतका साथ दोस्रो स्थानमा छन् । डा. रक्षा श्रेष्ठले भने ८८२ मत ल्याएकी छन् ।

मधेश प्रदेशको उपाध्यक्षमा डा. निरजकुमार सिंह १७६८ मतका साथ अग्र स्थानमा छन् । उनलाई पछ्याइरहेका डा. महेश महासेठले ८९० र डा. अजयकुमार मिश्रले ६९७ मत ल्याएका छन् ।

बागमती प्रदेशको उपाध्यक्षमा डा. प्रकाश बुढाथोकीले १९२५ मतका साथ अग्रता बनाइरहेका छन् उनलाई डा. संजय ठाकुरले १४०९ मतका साथ पछ्याइरहेका छन् ।

गण्डकी प्रदेशमा डा. राजन शर्माले १९७८ मतका साथ अग्रता हासिल गरिरहेका छन् भने उनलाई डा. विकास गौचन १३२९ मतका साथ पछ्याइरहेका छन् ।

यस्तै, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रकान्त भट्ट १९४८ मतका साथ अग्र स्थानमा छन् भने उनलाई डा. निरज अर्याल १३२८ मतका साथ पछ्याइरहेका छन् ।

सदस्यहरुमा
डा. अभियान गौतम १०४४
डा. अमित रन्जन मिश्र १९१२
डा. चेतन बस्नेत ८१५
डा. किशोर खत्री १७६५
डा. मनोर दिन सैयद १११८
डा. मोहम्मद अमुल हक ७३५
डा. पदम नेपाली १५३३
डा. रमेश श्रेष्ठ ९८०
डा. रामकृष्ण आचार्य ८७९
डा. स्मृति महत १४७७
डा. सृजना विष्ट १६८५
डा. सुरेन्द्र यादव ११४२
डा. तेज्सु सिंह मल्ल १७३७
डा. योभिन यादव १७०७


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ