२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा


काठमाडौं—सरकारले भोटेकोशीमा आएका भिषण बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको शिक्षा तथा खेलकूद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

ती स्थानीय तहलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको उनले जानकारी दिए । विहान साढे ८ बजेतिर तिब्बत क्षेत्र हुँदैं भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्ला तटीय क्षेत्र प्रभावित भएका छन् ।

ती क्षेत्रमा ठूलो धनजनको क्षति भएको प्रारम्भिक आँकलन गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ