२०८३ भदौ १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा


काठमाडौं—सरकारले भोटेकोशीमा आएका भिषण बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको शिक्षा तथा खेलकूद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

ती स्थानीय तहलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको उनले जानकारी दिए । विहान साढे ८ बजेतिर तिब्बत क्षेत्र हुँदैं भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्ला तटीय क्षेत्र प्रभावित भएका छन् ।

ती क्षेत्रमा ठूलो धनजनको क्षति भएको प्रारम्भिक आँकलन गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ