२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल चिकित्सक संघको अध्यक्षमा डा. अनिलविक्रम कार्की विजयी, अन्य पदमा क-कसले जिते ?

नेपाल चिकित्सक संघको अध्यक्षमा डा. अनिलविक्रम कार्की विजयी, अन्य पदमा क-कसले जिते ?


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सकिएको छ । मंगलबार साँझ सकिएको मतगणनाअनुसार अध्यक्षमा डा. अनिल विक्रम कार्की विजयी भएका छन् ।

अध्यक्षमा डा. कार्कीसँगै उनको लोकतान्त्रिक प्यानलका एक जना सदस्यबाहेक सबै उम्मेदवार विजयी बने । देशभरबाट ६२९१ मत खसेकोमा डा. कार्की ३५३७ मतका साथ विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी पेशागत समावेसी समूहका डा. सन्तोष पौडेलले २३२३ मत प्राप्त गरे । यसैगरी, अध्यक्षका स्वतन्त्र उम्मेदवार रहेका डा. शिवजीविक्रम सिलवालले २९० मत प्राप्त गरे ।

महासचिवमा डा. संजीव तिवारी २९१८ मतका ल्याएर विजयी भए । उनकी निकतम प्रतिद्वन्द्वी डा. अमृत भुसाल १५४१ मत ल्याएर भने अर्की उम्मेदवार डा. रक्षा श्रेष्ठले भने १५०५ मत ल्याएकी छन् ।

मधेश प्रदेशको उपाध्यक्षमा डा. निरजकुमार सिंह ३०८१ मतका साथ विजयी बने । उनका निकतम प्रतिद्वन्द्वी डा. महेश महासेठले १५७४ मत पाए भने अर्का उम्मेदवारडा. अजयकुमार मिश्रले ११२४ मत ल्याए ।

बागमती प्रदेशको उपाध्यक्षमा डा. प्रकाश बुढाथोकीले ५३५३ मतका साथ विजय हासिल गरे । उनका प्रतिस्पर्धी डा. संजय ठाकुरले २२१४ मत ल्याए ।

गण्डकी प्रदेशमा डा. राजन शर्माले ३३२२ मतका साथ विजयी बने भने उनका प्रतिस्पर्धी डा. विकास गौचन २३९० मत ल्याए ।

यस्तै, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रशान्त भट्ट ३३५९ मतका ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी डा. निरज अर्याल २३०८ मत ल्याए ।

संघको वरिष्ठ उपाध्यक्षमा डा. वद्री रिजाल, प्रदेश नं. को उपाध्यक्षमा डा. विपेश आचार्य, लुम्बिनी प्रदेशको उपाध्यक्षमा डा. नन्दा गुरुङ र कर्णाली प्रदेशको उपाध्यक्षमा डा. केशरबहादुर ढकाल यसअघि नै विजयी भइसकेका छन् । यसैगरी, संघको कोषाध्यक्षमा डा. प्रमोद जोशी, सहकोषाध्यक्षमा डा. विक्रान्त ढकाल र सहसचिवमा डा. लिजन महर्जन निर्विरोध भइसकेका छन् ।

विजयी सदस्यहरुले ल्याएको मत
डा. तेज्सु सिंह मल्ल ३३२१
डा. सृजना विष्ट ३१७८
डा. अमित रन्जन मिश्र ३१४८
डा. किशोर खत्री २९४६
डा. योभिन यादव २७६८
डा. स्मृति महत २७२१

पराजित सदस्यहरुले ल्याएको मत
डा. पदम नेपाली २५६५
डा. मनोर दिन सैयद २१५५
डा. अभियान गौतम १९६६
डा. सुरेन्द्र यादव  १६६६
डा. चेतन बस्नेत १४८५
डा. रमेश श्रेष्ठ १६०३
डा. रामकृष्ण आचार्य १३७७
डा. मोहम्मद अमुल हक ११२२


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ