२०८१ मंसीर २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफागुनबाट वीर, परोपकार र कान्ति अस्पतालका चिकित्सक/स्वास्थ्यकर्मीले अन्त काम गर्न नपाउने

फागुनबाट वीर, परोपकार र कान्ति अस्पतालका चिकित्सक/स्वास्थ्यकर्मीले अन्त काम गर्न नपाउने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम सञ्चालन कार्यविधी लागु गर्ने भएको छ । मन्त्रालयले एकीकृत कार्ययोजना तयार गरी सो कार्यविधी लागु गर्ने तयारी गरेको हो ।

कार्ययोजनामा पहिलो चरणमा संघका तीन ठूला अस्पताल वीर अस्पताल, परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालमा यो कार्यक्रम यही फागुन महिनाबाट लागु् गर्ने उल्लेख गरिएको छ ।

‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधी, २०७७ नेपाल सरकारले २०७७ मा नै पास गरिसकेको छ । यो कार्यविधी लागु गर्न सरकारले नमुना अस्पताल छनोट गरी एक चरणमा सुरुवात गरेतापनि कार्यान्वयन गर्न भने सकेको छैन ।

एमाले नेता पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर मन्त्रालय सम्हालेपछि उनले नेपाल सरकारको न्यूनतम साझा कार्यक्रमअन्तर्गत परेका स्वास्थ्यका विषयहरुको समयसीमासहित एकीकृत कार्ययोजना सार्वजनिक गरेका छन् । जसमा ३० वटा कार्यक्रम वि.सं. २०८० सम्ममा सम्पन्न गर्ने गरी समयसीमा समेत तोकेका छन् ।

मन्त्रीले तयार गरेको एकीकृत कार्ययोजनामा तीन अस्पतालबाट ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम फागुनबाटै लागु गर्ने कुरा पनि अटेको छ । ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ सरकारको महत्वकांक्षी कार्यक्रम हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ