२०८३ कात्तिक ६, शुक्रवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालय मातहतका निकायको चैतभित्र नयाँ ओएनएम तयार गरिने

स्वास्थ्य मन्त्रालय मातहतका निकायको चैतभित्र नयाँ ओएनएम तयार गरिने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यमान संगठन संरचनालाई परिमार्जन गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतका स्वास्थ्य सेवा विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग र संघअन्तर्गतका संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने कार्ययोजना तयार गरेको छ ।

सो कार्ययोजनामा वि.सं. २०७९ फागुनभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी समिति गठन गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयबाट स्वीकृती लिइसक्ने उल्लेख छ । त्यसैगरी वि.सं. ०७९ चैतभित्र तय भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण मन्त्रिपरिषद्बाट पास गरिसक्ने समयसीमा तोकिएको छ ।

वि.सं. ०५२ सालयता मन्त्रालयअन्तर्गतका विभागहरु लामो समयदेखि नयाँ संगठन संरचना बन्न सकेको छैन भने औषधी व्यवस्था विभागको ०३५ सालकै संरचना दरबन्दीअनुसार संचालन भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटा संघीय अस्पतालको संगठन संरचना सर्वेक्षण बनाएर मन्त्रालयमा बुझाएपनि त्यो अहिलेसम्म पास हुन सकेको छैन ।

अहिले संचालनमा रहेका अधिकांश स्वास्थ्य संस्थाहरु स्थापना भएको बखत जुन संगठन तथा व्यवस्थापन संरचना सुरु भएका थिए त्यही संरचनामा संचालनमा छन् । जसले गर्दा स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायहरु चर्को जनशक्ति अभाव झेलिरहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ