२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार


सुर्खेत – कालीकोट एक जना सुत्केरी महिलाको हेलिकप्टरबाट हवाई उद्धार गरिएको छ । तिलागुफा नगरपालिका–७ निवासी ३४ वर्षीया नन्दा बिष्ट रावत हेलिकप्टरबाट हवाई उद्धार गरिएको हो ।

नन्दा बिष्ट रावतको जिल्ला अस्पताल कालीकोटमा सुत्केरी भएको अत्याधिक रक्तश्राव भएका कारणले थप उपचारका लागि हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ ।

३१ हप्ताको गर्भवती रक्तश्राव भई उपचारका लागि जिल्ला अस्पतालमा आएको  बिष्ट रावतकोे स्वास्थ्य जाँच तथा परीक्षण गर्दा बच्चाभन्दा अगाडी पाठेघरको मुखमा साल बसी अत्यधिक रक्तश्राव भएकाले हवाई उद्धार गरेर प्रदेश अस्पतालमा थप उपचारका लागि पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका कालीकोटका सूचना अधिकारी कटक महतले जानकारी दिए ।

‘आज सहित ५ पटकको जाँचमा रगतको मात्रा घट्दै गएकोले उक्त रक्तश्राव नियन्त्रण तथा क्रियसन सेसन गर्न समेत अस्पतालमा सम्भव भएन,’ उनले भने,‘त्यसैले थप उपचारका लागि प्रदेश अस्पतालमा रिफर गरिएको छ ।’

एम्बुलेन्समार्फत थप उपचारका लागि लैजाँदा आमा र बच्चाको ज्यान जोखिममा हुने अवस्था देखिएकोले तत्काल हेलिकप्टरबाट सुविधा सम्पन्न प्रदेश अस्पताल सुर्खेत उपचार गर्न पठाइएको जिल्ला सूचना अधिकारी महतले जानकारी दिए । ‘शल्यक्रियाद्वारा बच्चा निकाली बच्चालाई एनआईसियुमा राखी उपचार गर्नु पर्नेछ ।’ उनले भने,‘त्यो उपचार सुविधा जिल्ला अस्पतालमा थिएन ।’

राष्ट्रपति सुत्केरी महिला हवाई उद्धार कार्यक्रममार्फत शुक्रबार दिउँसो ३ः२० बजे हेलिकप्टरद्वारा गरिएको प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ