२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुदूरपश्चिममा नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्नु गौरवको कुरा : प्रधानमन्त्री दाहाल

सुदूरपश्चिममा नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्नु गौरवको कुरा : प्रधानमन्त्री दाहाल


धनगढी– प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय  देशकै निम्ति गौरवको कुरा रहेको जनाएका छन् ।  सोमबार सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गर्दै उनले सुदूरपश्चिममा नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्नु गौरवको कुरा भएको जनाएका हुन् ।

आइतबार मन्त्रिपरिषद्को बैठकले प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो।

सोमबार बिहान ११ बजे सेनाको हेलिकप्टरबाट धनगढी पुगेका दाहालले मेडिकल विश्वविद्यालयमा भएको भौतिक निर्माणबारे जानकारी लिएका थिए। उनले सरकारले निर्णय गरेसँगै गेटामा अब मेडिकल कलेज र विश्वविद्यालय पनि सञ्चालन प्रक्रिया सुरू भएको बताए।

“मेडिकल कलेज सञ्चालनको प्रक्रियामा गइसक्यो, दरबन्दीको केही समस्या छ, यसलाई समाधान गर्न स्वास्थ्य मन्त्रालयलाई भनिन्छ”,उनले भने। ‘मेडिकल कलेजमात्रै होइन, यसलाई विश्वविद्यालय बनाउने सुझाव सबैबाट आएको’ उनले बताए।

सुझाव आएपछि विश्वविद्यालयका रूपमा लैजानु आफ्ना लागि पनि खुसी र गौरवको कुरा भएको दाहालले बताए। “यो देशका लागि पनि गौरवको कुरा हो कि पहिलो मेडिकल विश्वविद्यालय बन्दैछ, हिजो निर्णय भयो, अब व्यवहारिक रूपमा पनि तीव्र भएर जान्छ”, उनले भने।

दाहालसँगै निरीक्षणमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी, मुख्य सचिव शंकरदाश बैरागी लगायत थिए।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ